आडम्बरी तरिकाले हैन साधारण तरिकाले मनाउ

आडम्बरी तरिकाले हैन साधारण तरिकाले मनाउ

सपना शाही
दैलेख तोलिजैसी– ७ पेशा – गायिका र शिक्षिका
हाल कोहलपुरमा छु र तीज पनी यतै मनाऊदैछु
यो बर्षको तीज सदा झै दिदीबैनि संगै गित गायर नाचेर, दर खायर सुख दुख बाडेर मनाउने सोचमा छु र यो तीज मेरो माईती मै मनाउदैछु परीवार संगै बसेर मनाउने हो ।
तिज सबैले आडम्बरी तरीकाले हैन जे जस्तो छ खाएर लायर मनाउन आग्रह गर्छु देखासिकी गरेर अरुले गरेको सिको नगर्नुहोला हामीले सद्भावले, मायाले मनाउनु पर्छ यो तीजलाई । सबैलाई तीज २०७३ को शुभकामना ब्यक्त गर्दछु ।

तीज नारीमुक्तिको सवालमा जागरण ल्याउने हुनुपर्दछ : हेमा खड्का13508846_783528618450833_425612534103458601_n

यस वर्षको तीजमा सम्पूर्ण नेपाली दिदिबहिनी हरूमा शुभकामना साथै यो तिजले सबै नेपाली चेलिबेटिहरूमा जहाँ रहेपनि नेपाली मौलिक सुन्दर संस्कृति र नारि मुक्तिको सवालमा नयाँ जागरण ल्याउन सकोस यहि कामना छ ।
साथै व्रत बस्दा आफ्नो स्वास्थ्यको राम्रो ख्याल गरेर मात्र व्रत बस्नुहोला किन कि पति प्रमेश्वर सम्झि भोक भोकै व्रत बस्दैमा आफ्नो पतिको आयु लामो हुन्छ भन्नू धार्मिक विश्वास हो । मान्यता हो र सहि कुरा पनि हो तर कतिपय महिला र परुषहरुमा विश्वासको संटक देखिएको बर्तमान अवस्थाको पनि ख्याल गर्नुपर्ने देखिन्छ । दुवैतिरका मुल्य र मान्यताहरुलाई पनि अहिलेको समयमा बिशेष ध्यानदिनु आवश्यक देखिन्छ ।
हामी नेपाली हौं संस्कृति बचाउनका लागि यो चाड मनाउ भन्न चाहान्छु । आम नेपाली दिदिबहिनीहरूलाई र तीज हिन्दु नारिहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो यो चाड भाद्र शुक्ल द्धितिया देखि पञ्चमि सम्म ४ दिन मनाईन्छ । तिजमा भगवान शिवको आरधना गरिनुका साथ साथै नाचगान मोनोञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दु महिलाहरू द्धारा स्वतन्त्र र आनन्दमय रूपमा मनाईने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि खुसिका साथ मनाउने गर्दछन् ।
यो तीजले सबै नेपाली चेलिबेटिहरू जहाँ रहेपनि नेपाली मौलिक सुन्दर संस्कृति र नारि मुक्तिको सवालमा नयाँ जागरण ल्याउन सकोस यहि कामना छ ।

टिप्पणी :नक्कली कि सक्कली गहना

महिलाहरुको महान पर्व हरितालिका तीजको रौनक बढेको छ । बिशेष गरेर तीजमा महंगा साडी र गरगहना लगाउने प्रचलनमा बृद्धि भएपछि आर्थिक अभाव भएका अधिकाँस घरहरुमा तीजले तनाव समेत उत्पन्न गरेको छ । आफ्नो गक्ष अनुसार तीज मनाउनुपर्ने सुझाव महिला अधिकारकर्मीहरुले सुझाव दिएका छन् ।
सँस्कृतिलाई सकारात्मक रुपमा आगाडी बढाउनुपर्ने अहिलेको आवश्यकता रहेका बेला तीजमा लगाउने गहनाहरुमा समेत परिवर्तन आएको देखिन्छ । महंगा गहनाहरुले कतिपय घरमा तनाव गर्ने अवस्था पनि सृजना भएको छ । अर्कोतर्फ तनाव कमगर्ने उपाय पनि बजारमै आएको छ ।
अहिले ग्यारेष्टि सुनले पनि अधिकाँसको तनाव कम गरेको छ । ग्यारेष्टिका गहनाले पनि अधिकाँसको चाहना र इच्छा पुरा गर्न सहयोग पुगेको देखिन्छ । सक्कली र नक्कली ठ्याक्कै एउटै हुने भएकाले सहजता पनि भएको टिप्पणी बजारमा धेरै छ ।

मौलिकता हराउनु हुदैन 

नाम – प्रभा सिजापती
ठेगाना – ना.न.पा.–२ , दैलेख
केन्द्रिय सदस्य नेपाल शिक्षक संघ

महिलाहरुको महान पर्व तीजको मौलिकता पछिल्ला दिनहरुमा हराउदै जान थालेको छ । मौलिकता हराउनु राम्रो होइन । पछिल्लो समयमा भित्रिएको पश्चिमा संस्कृतिले शुद्ध र पवित्र ध्येयलाई कुल्चिदै छ । अनावश्यक खर्च बढ्दो छ , प्रतिष्प्रर्धा चलेको छ यस्ता कुराहरुलाई निरुत्साहित गर्दै मौलिकतालाई सवैले आत्मसाथ गर्न सक्नु पर्छ हाम्रो कला संस्कृतिलाई जर्गेना गर्नुपर्छ भोलिका संन्ततिलाई मौलिकता  हस्तारन्तरण गनुपर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार